रुकुम पश्चिम एमाले जिल्ला कमिटी सदस्य माओवादी केन्द्रमा प्रवेश

everest kitchen

रुकुम । नेकपा एमाले रुकुम पश्चिमको जिल्ला कमिटी सदस्य शेर बहादुर ओली माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमबार त्रिवेणी गाउँपालिका खारानेटामा आयोजित एक कार्यक्रमकाबीच ओलीले माओवादी  प्रवेश गरेका हुन ।

त्रिवेणी गाउँपालिका वडा नम्बर -१० का स्थायी बासिन्दा समेत रहेका ओलीलाई कर्णाली प्रदेश कमिटी सदस्य गणेश कुमार केसी “हिमाल”ले पार्टीमा स्वागत गरेको वाईसीएल नेता दिनेश खडकाले बताए ।

एमालेले जनभावना विपरीत गतिविधि गर्न नरोकेको, कर्मठ कार्यकर्ताको मुल्यांकन गर्न नसकेकोले देश जनताको हितमा काम गर्ने देशको प्रमुख एजेन्डा बोकेको पार्टी माओवादी केन्द्रमा प्रवेश गरेको नवप्रवेशी ओलीले बताए । साथै उनले अबदेखि निरन्तर माओवादीमा रहेर जनताको सेवासमेत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेताहरु गणेश कुमार केसी, गणेश खड्का, टेक बहादुर ओली, चन्द्र बहादुर खडका लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । (सम्पादन गरिएको)