लघुकथा :- चिता सम्मको यात्रा
वेदना रागी
शिद्ध नारायणले घर छोडेर निरन्तर यात्रामा हिंडेको पनि वर्षौ बितेछ।
आज सिद्ध नारायणलाई उनका छोरा हरुले खोजेर घरमा ल्याएका छन्!अब उनी हिडडुल गर्न सक्दैनन्।
छोराछोरी ८/१०र१२ वर्षका मात्रै थिए उन्ले घरछोडेर जाँदा दु:ख सुख आमाले एकलै लालन पालन गरिन् , लेखाइन्, पढाइन् सक्षम बनाइन् ।
जब सम्म हातकुट्टा चल्थे शरिरले काम गर्थ्यो, कहिल्यै घरको चिन्ता गरेनन् । खाली यात्रा यात्रा भन्दै निरन्तर यात्रामा हिंडे उनी।
पक्षघातले अशक्त भएर मन्दिरमा छट्पटाई रहेको सुनेर छोराहरु गएर घरमा ल्याएका छन् भन्ने सुनेर म पनि भेट्न आएको छु र दुख सुखका कुराकानी हुँदै गर्दा उनले आँसु बगाउँदै भने ।
महिले धर्मगरे कि पाप गरे त्यो त मलाई थाहा छैन तर मैले ठूलो गल्ती चाहिँ पक्कै गरेछु! जति दगुरे पनि यात्रा चिता सम्मको मात्र रहेछ भन्ने कुरा मैले बुझ्न सकिनँ।