त्रिवेणीमा माओवादी केन्द्रका गणेश कुमार केसीद्धारा अध्यक्षमा मनोनयन दर्ता

everest kitchen
photo : kuber oli

रुकुम पश्चिम । आगामी वैशाख ३० मा हुन लागेको स्थानीयतह निर्वाचनको लागि रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रले उम्मेदवारी मनोनयन गर्दा गरेको छ । उपाध्यक्षको पदमा भने उम्मेदवारी मनोनयन दर्ता प्रक्रियामा रहेको छ ।

गाउँपालिका अध्यक्ष पदको लागि गणेश कुमार केसी “हिमाल”ले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत कृत बहादुर बस्नेतले जानकारी दिए । माओवादीबाट उपाध्यक्ष पदको लागि राजकुमारी खडका रेउले उम्मेदवारी मनोनयन दर्ता गरिरहेको माओवादी केन्द्र त्रिवेणीका अध्यक्ष गणेश खडकाले बताए । केही प्राविधिक कारणले अध्यक्ष भन्दा थोरै ढिला गरि उपाध्यक्षको उम्मेदवारी दर्ता हुन लागेको खड्काले बताए ।

उनीहरू आफु समर्थक नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा उम्मेदवार दर्ता गरेको त्रिवेणी माओवादीले जनाएको छ । त्रिवेणीमा प्रमुख शक्तिको रुपमा रहेको माओवादीले यसअघि अध्यक्ष र उपाध्यक्षमा जितेको थियो । अध्यक्षमा झक्कुप्रसाद घर्ती मगर र उपाध्यक्षमा निर्मला बिष्ट खडकाले जितेका थिए ।                                                                                        काङ्ग्रेसको तर्फबाट अध्यक्षमा अमरसिङ खडका र उपाध्यक्षमा सृष्टि बाँठा मगरले उम्मेदवारी दर्ता गराएका थिए भने एमालेको तर्फबाट चोपलाल खड्का अध्यक्ष र धनकला बिष्टले उपाध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै, आजै नेकपा एकीकृत समाजवादीको तर्फबाट धनराज खडकाले गाउँपालिका अध्यक्ष पदको लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

साथै त्रिवेणीमा हालसम्म विभिन्न पदमा गरी ८० जनाको उम्मेदवारी मनोनयन दर्ता भएको अधिकृत बस्नेतले बताए । जसमा त्रिवेणी-१ को स्वतन्त्र उम्मेदवारको रुपमा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सुन्दर ओलीले वडाअध्यक्षको स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै त्रिवेणी-६ बाट मकर बहादुर ओलीले पनि स्वतन्त्र वडाअध्यक्षको उम्मेदवारी मनोनयन दर्ता गराउने प्रक्रियामा छन ।