रुकुमको मुसीकोटमा माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन

everest kitchen

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । आगामी वैशाख -३० हुने स्थानीयतह निर्वाचनको लागि माओवादी र समाजवादीबीच गठबन्धन बनेको हो ।

दुई गठबन्धन दलको निर्णय अनुसार माओवादी केन्द्रलाई नगर प्रमुख र समाजवादीलाई उप प्रमुख दिनेगरी सहमति भएपछि आजै सयुक्त रुपमा उम्मेदवारी समेत दर्ता गरिएको छ । नगर प्रमुख पदमा माओवादीका केन्द्रीय सदस्य बसन्त कुमार शर्मा र उप प्रमुख पदमा समाजवादीका केन्द्रीय सदस्य बिमल कुमार पुनको उम्मेदवारी रहेको छ ।

साथै सहमति अनुसार यसअघि माओवादीले जितेका १३ वडा माओवादी केन्द्र र बाँकी वडा नम्वर १४ मात्र समाजवादीले लिएको छ ।