त्रिवेणीमा १३९ जनाको उम्मेदवारी मनोनयन दर्ता: पालिका अध्यक्षमा ५ जना, स्वतन्त्र वडाअध्यक्ष ५ जना

everest kitchen

 

photo: surendra kc facebook

विपेन उलङगे, रुकुम (पश्चिम) । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा स्थानिय तह निर्वाचनको लागि १३९ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । आइतबार र सोमबार उक्त सङ्ख्यामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेका हुन ।

त्रिवेणीमा अध्यक्ष पदको लागि ५ जना, उपाध्यक्ष पदको लागि एक स्वतन्त्रसहित ४ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको निर्वाचन अधिकृत बहादुर बस्नेतले जानकारी दिए । त्यस्तै, १० वडाको वडाध्यक्ष पदको लागि ३४ जना उम्मेदवारी परेको छ ।

यस्तै, खुला सदस्यको लागि ४७ जना, महिला सदस्यको २६ जना, दलित महिला सदस्यको लागि २३ जना उम्मेदवारी परेको निर्वाचन अधिकृतकाे कार्यालय, त्रिवेणी गाउँपालिकाले जनाएको छ ।

माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षको लागि गणेश कुमार केसी र उपाध्यक्षको लागि राजकुमारी खडका रेउले उम्मेदवारी मनोनयन दर्ता भएको छ । काङ्ग्रेसको तर्फबाट अध्यक्षमा अमरसिङ खडका र उपाध्यक्षमा सृष्टि बाँठा मगरले उम्मेदवारी दर्ता गराएका छन् भने एमालेको तर्फबाट चोपलाल खडका अध्यक्ष र धनकला बिष्टले उपाध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यसअघि एमाले डिल्ली बहादुर ओलीलाई अध्यक्ष बनाएकोमा उनको नाम फिर्ता लिएको छ । साथै ओलीले स्वतन्त्रबाट उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीको तर्फबाट धनराज खडका र राप्रपाका देविलाल खड्काले पनि गाउँपालिका अध्यक्ष पदको लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

साथै त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवारको रुपमा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सुन्दर ओलीले वडाअध्यक्षको स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले सदस्यको प्यानल नै बनाएका छन् । यस्तै त्रिवेणी-६ बाट मकर बहादुर ओलीले पनि स्वतन्त्र वडाअध्यक्षको उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।

त्यस्तै त्रिवेणी -६ बाटै माओवादीबाट वडा अध्यक्षका आकांक्षी गणेश पुनले पनि स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने अघिल्ला चुनावमा माओवादीबाट वडा सदस्य जितेकी गंगा बिकले पनि स्वतन्त्र वडाअध्यक्षको उम्मेदवार दिएकी छन ।

यस्तै नेपाली काङ्ग्रेस जिल्ला कमिटी सहसचिवसमेत रहेका वडा नम्बर -८ मा काङ्ग्रेसबाट वडा अध्यक्षको आकांक्षी प्रेम खड्काले पनि स्वतन्त्र उम्मेदवार दर्ता गराएका छन् । खड्का अनुसार जिल्लाले आफुलाई सिफारिस गरेपनि वडा कमिटीको सिफारिसमा वडा कमिटी सभापति नन्दराम खड्काले हिजै उम्मेदवार दर्ता गराएकोले आफुले आज स्वतन्त्र उम्मेदवार दिएको बताए ।