स्थापित मेयरमा उठेपछि महिला अधिकारकर्मीहरुले भने : एमालेले महिलामाथि अपमान गर्यो

everest kitchen

काठमाडौं। नेकपा एमालेले महिलामाथि अपमान गरेको महिलाहरुले बताएका छन् । आगामी बैसाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको लागि नेकपा एमालेले काठमाडौं महानगरपालिकाको प्रमुख पद मेयरमा पूर्वप्रदेश मन्त्री तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितलाई उमेदवार बनाएपछि महिलाहरुले आपत्ति जनाउँदै सो बताएका हुन् ।

स्थापितले मेयर भएको बेला दुई जना महिलालाई लगातार यौन दुव्र्यवहार गरेको भनेर महिला अधिकारकर्मीहरुले आन्दोलन समेत चलाएको सन्दर्भमा एमालेले तिनै यौन दुराचारीलाई मेयरको टिकट दिएको भन्दै सामाजिक सञ्जाल र मिडियाहरुमा समाचार आइरहेको छ ।

स्थापितमाथि महानगरकी पूर्वकर्मचारी तथा पत्रकार रश्मिला प्रजापति र उज्जला महर्जनले यौन दुव्र्यवहार गरेर हैरान पारेको आरोप लगाएका थिए । ‘मि टु’ अभियानका क्रममा उनीहरुले आफूहरुमाथि स्थापितले दुव्र्यवहार गरेको घटना बाहिर ल्याएका थिए ।

त्यसबारेमा नेपालका विभिन्न मिडियामा उज्जला र रश्मिलाले उजागर गरेको घटना सार्वजनीक भएको थियो । तर आरोपित स्थापितले भने त्यसलाई सामान्यीकरण गरेर उडाएका थिए । उनले त्यसबारेमा कुनै कानुनी उपचारमा समेत नजानुले स्थापितले यौन दुव्र्यवहार गरेको प्रमाणित हुन पुगेको छ ।