श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली मलेसियामा

everest kitchen
फोटो: विमल रानाको फेसबुकबाट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधवार मलेसिया आइपुगेको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चार दिने मलेसिया भ्रमणमा रहेका छन् ।

मन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसाल सहितको टोली बुधवार मलेसियामा प्रवेश गरेको हो । उक्त टोलीलाई नेपाली राजदुतावास मलेसिया र गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मलेसियाका मानव संशाधनमन्त्री मुरुगन सँग भेटवार्ता गर्नेछन भने सचिव अर्यालले मलेसियाको गृहमन्त्रालयका सचिव र सामाजिक सुरक्षा संगठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा मलेसियाका नेपाली राजदुतावास मलेसिया र गैरआवासीय नेपाली संघ मलेसियाले संयुक्त रुपमा आयोजना गर्न लागेको एक कार्यक्रममा पनि मन्त्री श्रेष्ठको सहभागिता रहने गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ ।