त्रिवेणीमा माओवादीको चुनावी अभियान: शनिबार ९ नम्बर वडामा चुनावी सभा

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणीमा नेकपा माओवादी केन्द्रले चुनावी अभियान तिब्र पारेको छ । त्रिवेणी माओवादीले आगामी वैशाख ३० मा हुन लागेको स्थानीयतह निर्वाचन लक्षित चुनावी अभियान तिब्र पारेको हो ।

चुनावी अभियान अन्तर्गत माओवादी केन्द्रले शनिबार त्रिवेणी-९ मा चुनावी आमसभा गरेको छ । सो सभामा माओवादीका नेता कार्यकर्ता तथा स्थानीय जनताको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा त्रिवेणी गाउँपालिकाको लागि माओवादी तर्फबाट अध्यक्षको उम्मेदवार बनेका गणेश केसी “हिमाल” आफ्नो योजनाहरु सार्वजनिक गर्दै विभिन्न प्रतिबद्धतासमेत गरेका थिए ।

उनले आफुले चुनाव जित्नको लागि जनताले साथ अवश्य दिने र जितपछि यसअघिका सरकारले सुरु गरेका कामको पुर्णता दिने र आफुले बनाएका योजना जनताबाट पास गरेर मात्रै कार्यनयन गर्ने बताए । त्यस्तै, उपाध्यक्षकी उम्मेदवार राजकुमारी खडका रेउलेले पनि आफ्ना प्रतिबद्धता राखेकी थिईन।

सोही वडाका माओवादी केन्द्र तर्फका वडाअध्यक्षका उम्मेदवार जनक विश्वकर्माले पेउजा मान्टाकुराको स्वास्थ्यचौकीलाई पाँचदेखि १० श्ययाको अस्पतालको रुपमा विकास गर्न, नुवाकोट विद्यालयलाई प्रबिधि मैत्री बनाउन, दलित तथा महिलालाई सशक्तीकरण गरेर नेतृत्वदायी भूमिकामा लिन पहल गर्ने लगायतका विभिन्न प्रतिबद्धता व्यक्त गरे ।

रुकुम पश्चिमका वाईसीएल संयोजक समेत रहेका विश्वकर्मा यसअघि पनि वडासदस्यमा विजयी भएर न्यायीक समिति सदस्यसमेत रहेर न्याय सम्पादन गरिसकेका छन् ।

कार्यक्रममा माओवादी नेताहरू मिन बहादुर ओली, झक्कु प्रसाद घर्ती मगर, निर्मला विष्ट खडका, गणेश खड्का, नरसिं पुन, चन्द्र बहादुर खडका लगायतका नेता तथा कार्यकर्ता र स्थानीय जनताको उपस्थिति रहेको थियो । त्रिवेणी-३ बाट सुरु भएको माओवादी केन्द्र त्रिवेणीको चुनावी अभियान वडा नम्बर-६ र वडानम्बर १० मा यसअघि नै सम्पन्न भएको थियो ।