एमाले अध्यक्ष ओलि आज हेटौंडा आउदै

everest kitchen
photo file

सविन कुमार लोप्चन
हेटौंडा । नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलि आज मकवानपुर आउने भएका छन् । वैशाख ३० मा हुने स्थानीयतह निर्वाचनको लागि आयोजित चुनावी सभालाई सम्बोधन गर्न आज बागमती प्रदेश राजधानी हेटौंडा आउने भएका हुन।

कार्यक्रम हेटौंडा स्थित हुप्र चौरमा दिउँसो १:०० बजे देखि कार्यक्रम सुरु हुने भएको छ। अध्यक्ष ओलि हेलिकप्टर मार्फत आज हेटौंडा आउने भएको प्रेस चौतारी मकवानपुर का सचिव आर जे रुपकले बताए ।

त्यस्तै कार्यक्रममा ओलिको सम्बोधन सँगै हजारौंको संख्यामा पार्टी प्रवेश गराउने तयारी रहेको पनि सचिव आरजे रुपकले बताए ।