रुपा गौतमका चार मुक्तक

everest kitchen

मुक्तक
सित को थोपा जम्मा गरी घैला भर्न सकिँदैन,
सम्हालेर त्यो तिम्रो मायाँ थैला भर्न सकिँदैन,
मुटु बीच आसन जमाएर बसेका छौ सधैंभरी,
त्यसैले त मुटु मुटु भित्र मैला भर्न सकिँदैन ।।


बिना कारण यसै कसैसँग रिसाउने बानी छैन,
भइरहेको सम्बन्ध यसै चिस्याउने बानी छैन,
मनमा कुनै पाप छैन र झुटो बोल्न जानिदैन,
यता पिरती उता बिन्ती बिसाउने बानी छैन।।


एकदिन मर्नु छ किन यति घमण्ड गर्छन् मान्छे,
कालको सरण पर्नुछ र नी आँखा तर्छन् मान्छे,
जत्ति नै कमाए जमाए पनि साथमा लानु छैन,
दुनियाको नजरमा नै किन गिर्दै झर्छन् मान्छे।।


धेरैको जीवन दुःखको जालोमा जेलिएको हुन्छ,
उखु पेले झै दुःख रूपी मेसिनमा पेलिएको हुन्छ,
गरिवलाई रोजगार दिने कम्पनी नखुलेर महोदय,
दुखीको छोरो झोलभिरी खाडीमा हेलिएको हुन्छ।।