खेलाडी विवादबारे अल्मुताइरीको एन्फालाई पत्र

everest kitchen

काठमाडौँ । मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रशिक्षण छाडेका खेलाडीलाई कारबाही नगर्न आग्रह गर्दै पत्र लेखेका छन् ।

उनले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई सम्बोधन गर्दै पत्र लेखेका हुन् । खेलाडीसँग पछिल्लो समय उत्पन्न विवादबारे अलमुताइरीले एन्फालाई पत्र पठाएको हो ।

मुख्य प्रशिक्षक अलमुताइरीको व्यबहारप्रती असन्तुष्टि जनाउँदै एएफसी एसियन कप छनोटको लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण चोडेर गएका थिए । अल्मुताइरीले थप १७ खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए ।