तुल्सीपुर सामुदायिक वनमा दुईजना मृतावस्थामा भेटिए

everest kitchen
साङ्केतिक तस्बिर

गोदावरी । कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित तुल्सीपुर सामुदायिक वनमा दुईजना मृतावस्था भेटिएका छन् । आइतबार सो सामुदायिक वनमा उनीहरू मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बझाङको जयपृथ्वी घर भएका २८ वर्षीय अमर जोशी र २४ वर्षीया अस्मिता सिंह मृत फेला परेको बताए ।

जोशीले दोस्रो विवाह गरेर गत चैतमा बझाङबाट कैलाली आएका जनाइएको छ । प्रहरीका अनुसार उनले अस्मितासँग दोस्रो विवाह गरेका हुन् । अमर र अस्मिता केही दिन घोडाघोडी नगरपालिका–५ मा आफ्ना आफन्तको घर बसेको खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।