नेपाली काङ्ग्रेस त्रिवेणीको चुनावी अभियान सुरु

everest kitchen
फोटो : कृष्ण रोकाय

रुकुम । नेपाली काङ्ग्रेस त्रिवेणी गाउँपालिकाले चुनावी कार्यक्रम तिब्र पारेको छ । आगामी वैशाख ३० मा हुन लागेको स्थानीयतह निर्वाचन केन्द्रित रहेर त्रिवेणी काङ्ग्रेसले चुनावी अभियान थालेको हो ।

आइतबार त्रिवेणी गाउँपालिका-३ बाट काङ्ग्रेसले चुनावी सभा गरेको छ । उक्त सभामा नेपाली काङ्ग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्ण बहादुर रोकाय , काङ्ग्रेस कर्णाली प्रदेश सदस्य सिता ओली लगायत चुनावी उम्मेदवारहरुको उपस्थिति  रहेको थियो । काङ्ग्रेसले सोमबार त्रिवेण-४ मा सभा गर्दै छ।

त्रिवेणीमा काङ्ग्रेसबाट अमरसिं खडका अध्यक्ष र सृष्टि बाँठा मगर उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै ३ नम्बर वडाबाट त्रिवेणी काङ्ग्रेसका सभापति दिपेन्द्र कुमार ओली नेतृत्वको टोलि उम्मेदवारी दिएको छ ।