क्यान्सर पीडित रुकुमकी रेजिना केसीको उपचारमा समस्या: गिजा सुन्निने समस्यबाट क्यान्सर

everest kitchen
बिरामी रेजिना केसी

विपेन उलङगे
रुकुम । रुकुमकी क्यान्सर पीडित रेजिना केसीलाई उपचारमा आर्थिक समस्या भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका- ६ बसिबाङ निबासी मोहन केसीकी २६ वर्षीया छोरी रेजिना केसीको उपचारमा आर्थिक समस्य भएको हो ।

नेपालमा उपचारमा असहज भएपछि भारतको नयाँदिल्ली स्थित राजिवगान्धि क्यान्सर अस्पतालमा उपचाररत केसीको उपचारको क्रममा हालसम्म १० लाख नगद सकिएको र बाँकी थप उपचारको लागि १२ लाखबढी रकम लाग्ने भएपछि उपचारमा समस्या भएको उनका पती धनराज केसीले बताए । उनका अनुसार अहिले रेजिनाको उपचार गर्न हप्ताको ५० हजार भारु लाग्ने गरेको छ ।

गरिब किसान परिवारमा जन्मिएकी रेजिनाको बिहे सल्यानको दार्मा गाउँपालिका-५ जलेखर्क निवासी धनराज केसीसंग भएको छ । धनराजले काठमाडौंमा सहचालकको काम गरेर परिवार पाल्ने गरेका थिए । उनीहरूको एक छोरीसमेत छिन् । जेनतेन परिवार पाल्दै गरेका केसीको श्रीमती रेजिनामा क्यान्सर देखिएपछि उनको परिवारमा ठुलो समस्या भएको आफन्तहरु बताउछन् ।

एक वर्षअघि रेजिनाको गिजा सुन्निने, घाँटीमा गर्खाहरु बढ्ने समस्या देखिएको थियो । सामान्य नै होला भनेर काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउदापनि सन्चो नभएपछि डाक्टरले ब्लड क्यान्सरको शंका गरेका थिए । डाक्टरको सल्लाह अनुसार नेपालमा भन्दा भारतमा उपचार गर्न सहज हुने भएपछि उनीहरु सानो छोरीलाई घरमै छोडेर भारत उपचार गर्न गएका थिए । भारतमा परिक्षण गर्दा रेजिनामा ब्लड क्यान्सर पुष्टि भएको हो ।

रेजिनाको उपचारको लागि भारतमै एक कोठा भाडामा लिएर बसेको उनीहरूलाई उपचारमा आर्थिक समस्या परेको हो । रेजिनाको उपचार गर्न नयाँदिल्ली पुगेका उनका पति धनराजका अनुसार आफुले साझायातायातमा काम गरेकाले त्यहाँका स्टाफ र केही सहयोगीहरुले करिब २ लाख जति सहयोग उठाएपनि उपचारमा अझै पैसा पुगेको छैन ।

धनराज भन्छन्, “जेनतेन यातायात मजदुर गरेर परिवार पाल्ने मान्छेसंग पैसा हुने कुरा भएन, गाउँमा पनि सामान्य किसान परिवारका हौँ, थुप्रै दाजुभाइ भएकोले प्रशस्त जग्गा पनि नभएकोले थप उपचार गर्ने आधार भनेकै धर्मीहरुको सहयोग हो ।” अहिलेसम्म केहीले सहयोग गरेपनि थप उपचारको लागि थप सहयोगको खाचो परेकाले सहयोगको अपिल गरेको उनलेे भावुक हुदै बताए ।

अहिले श्रीमतीको ज्यान बचाउन पाए सहयोगीको गुन तिर्ने ईच्छा रहेको उनले बताए । कसलाई के समस्या पर्छ भन्ने थाहा नहुने रहेछ , एकवर्षअघि सम्म हासीखुसी रहेको मेरो श्रीमती जीवनमरणको दोसाँधमा हुदा मआफैपनि जिन्दगी अन्तिम देख्छु, छोरीको अनुहारले मात्रै हामीलाई बाँच्न पर्छ भन्ने प्रेरित गर्छ । मेरो छोरीको भविष्यको लागि भएपनि सबै मनकारीले सहयोग गरेमा मेरो श्रीमती बाँच्नेथिईन, उनले भावुक हुदै भने ।

डाक्टरका अनुसार क्यान्सरको पहिलो अवस्था भएकोले राम्रोसंग उपचार गरे उनको रोग निको हुन्छ  । यसको लागि नियमित कोमो दिनुपर्ने छ ।

हाल भारतको नयाँदिल्लीमा उपचाररत रेजिनालाई सहयोग गर्न चाहानेले नेपाल एसबीआई बैंकमा पीडितका पति  Dhanraj K.C को नाममा रहेको  खाता नम्बर 20215249900495 मा सहयोग गर्न सकिने बताएको छ । त्यस्तै पीडित बारे जानकारी लिन वा सहयोग गर्न भारत 8894278864 नेपाल 9847925630 मा सम्पर्क गर्न सकिनेछ ।