माओवादीको चुनावी सभामा कांग्रेस–एमालेका कार्यकर्ताद्धारा ढुंगा प्रहार

everest kitchen

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ७ मा चलिरहेको चुनावी सभामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुले ढुंगा प्रहार गरेका छन् । वडा नम्बर ७ को कोटजहारीमा जारी वडा नम्बर ७ र वडा नम्बर ९ को संयुक्त चुनावी सभामा कांग्रेस र एमालेका कार्यकर्ताले ढुंगा हानेपछि झडपको अवस्थामा सृजना भएको थियो ।

जसक्रममा वाईसीयलका २ जना कार्यकर्ता घाइते भएका छन् । ज्ञानबहादुर बोहरा र सुजन शर्मा घाइते भएको नेकपा माओवादी केन्द्र चौरजहारीले जनाएको छ । ढुंगा हान्ने कांग्रेस र एमालेका कार्यकर्तालाई वाईसीयलले लखटेका छन् । कांग्रेस र एमाले तर्फपनि घाइते भएको बताईएको छ । तर त्यसको विवरण प्राप्त भएको छैन् ।

माओवादीको कार्यक्रम भइरहेको स्थानमा पुगेर नारावाजी तथा होहल्ला गर्न खोजेपछि उनिहरुलाई सम्झाउन गएका वाईसीयल माथि ढुंगा प्रहार भएको बताईएको छ । अहिले भने अवस्था सामान्य भएको छ । माओवादीको चुनावी सभा चलिरहेको छ ।

रुकुम पश्चिमको त्रिवेणी-९ मा नेपाली काङ्ग्रेस निकट तरुण दल र नेकपा माओवादी केन्द्र निकट वाईसीएल कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस कार्यकर्ताले माओवादीको वडा कार्यालयमा तोडफोड तथा पोष्टर, झण्डा फालेपछि विवाद भएको बताइएको छ ।