काङ्ग्रेस र माओवादीको चुनावी वडा सभा सम्पन्न

everest kitchen

सविन कुमार लोप्चन
हेटौंडा । मकवानपुर जिल्लाको राक्सिराङ गाउँ पालिका वडा नम्बर ६ मा नेपाली काङ्ग्रेस र माओवादी को दुई छुट्टाछुट्टै वडा सभा सिलिङ्गेमा सम्पन्न भएको छ।

नेपाली कांग्रेसको वडा सभामा प्रमुख अथितिको रुपमा नेपाली काङ्ग्रेस बागमती प्रदेश सदस्य तथा भौतिक पुर्वाधार राज्य मन्त्री सन्त बहादुर चेपाङको प्रमुख अतिथि र उप सभापति दुर्गा प्रजाको सभापतित्वमा सम्पन्न भएको छ।

त्यस्तै अतिथिहरुमा गाउँ पालिका सभापति बिरेन्द्र जिम्बा,गठबन्धनबाट अध्यक्ष पदको उम्मेदवार राज कुमार मल्ल र उपाध्यक्ष पदको उम्मेदवार तथा माओवादी केन्द्र राक्सिराङ ईन्चार्ज बनस्तम थिङ, वडा अध्यक्ष पदको उम्मेदवार सदस्य पदको उम्मेदवार लगायतको नेताहरुको उपस्थित रहेको थियो। कार्यक्रममा अध्यक्ष उम्मेदवार मल्लले २०७४ मा जिते पछि बिकासको गति तिब्र रहेको र आफुले बिकास नगरेको भन्ने टीका टिप्पणी गराउने बाटो नरहेको बताए।

त्यस्तै अर्को कार्यक्रम नेकपा माओवादी केन्द्रको कार्यक्रम गाउँ पालिका उपाध्यक्ष पदको उम्मेदवार गाउँ पालिका पार्टी ईन्चार्ज बनस्तम थिङको प्रमुख अतिथि र रावन प्रजाको सभापतित्वमा सम्पन्न भएको थियो।

त्यस्तै कार्यक्रममा पार्टी गाउँ कमिटी पार्टी अध्यक्ष हस्त बहादुर तामाङ,पार्टी कमिटी जिल्ला समन्वय समिती सदस्य क्षेत्र बहादुर प्रजा र वडा अध्यक्ष पदको उम्मेदवार र सदस्य पदको उम्मेदवार हरु लगायतको नेताहरूको उपस्तिथि रहेको थियो भने माओवादी केन्द्रको कार्यक्रममा गठबन्धन बाट अध्यक्ष पदको उम्मेदवार मल्लले राक्सिराङमा जति पलि केपी ओलि आई लभ यु भने पनि जित गठबन्धनले अत्याधिक मतले बिजय हुने जिकिर गरे ।

उपाध्यक्ष पदको उम्मेदवार थिङले गठबन्धनको उम्मेदवारलाई बिजय गारौन अनुरोध गरेको छ भने राक्सिराङ को बिकास निर्माणमा पट्को मार्न आफू लगायत सबै टिमलाई जिताउन उनले अनुरोध गरे।

त्यस्तै गाउँ पालिका अध्यक्ष उपाध्यक्ष पदमा गठबन्धन भए पनि वडा तहमा भने गठबन्धन भएको छैन।