एमालेको बकैया-८ मा घरदैलो तथा चुनावीसभा कार्यक्रम सम्पन्न

everest kitchen

अमिर लोप्चन
काठमाडौं । मकवनपुर जिल्लाको पुर्वी बकैया गाउँपालिका वडा न- ८ को दिन नेपाल कम्युनिष्ट पार्टि एमाले आफ्नो घरदैलो कार्यक्रम तथा चुनावी सभा सम्पन्न गरेको छ ।बकैया गाउँपालिका- किर्ने बजार स्थित वडा कार्यकलयको प्राङ्गणमा चुनावी सभा सम्पन्न भएको हो ।

आगामी बैशाख ३० गते शुक्रवारको दिन हुन लागेको स्थानिय तहको निर्वाचनको लागि दमदार तयारी अवस्था रहेको संकेत दिदै संचालन गरिएको उक्त कार्यक्रम नेकपा एमाले बकैया गाउँपालिका,८ अध्यक्ष फुलराज सिंतानको सभापतित्वमा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथी-प्रदेश-९ सद्स्य नारायण प्रसाद सापकोटा,विशेष अतिथी पार्टी बिकास समिति एवं सचिवालय सद्स्य तथा बकैया गाउँपालिका-५ ईन्चार्ज दल बहादुर वाईबा,अतिथिहरु क्रमश: बकैया गाउँपालिका-८ अध्यक्ष उमेदवार राम बहादुर गोले,बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलाखे,बकैया गाउँपलिका-८ वडा अध्यक्ष ईन्द्र बहादुर स्याङतान लगायत अन्य गाउँबासिहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो।

बकैया-८ मा एमाले तर्फबाट अध्यक्षका उमेदवार राम बाहादुर गोलेको टिम चुनावी मैदानमा छ । त्यस्तै बकैयामा सरला बोलखे गाउँपालिका अध्यक्ष लाल बहादुर स्याङतान उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।