लता केसीको दोस्रो लघुकथासंग्रह दृश्य विमोचन

everest kitchen

काठमाडौं । लता केसीको दोस्रो लघुकथासंग्रह दृश्य विमोचन भएको छ । शनिबार काठमाडौंँस्थित एक पार्टीप्यालेसमा हाम्रो लघुकथा पाठशालाका संस्थापक लता केसीको दोस्रो लघुकथासंग्रह दृश्य विमोचन कार्यक्रम सम्पन्न भएको हो ।

लघुकथा गान बजाएर सुरू गरिएको विमोचन समारोहमा लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमूख आतिथि , लघुकथाका हस्ती आदरणीय व्यक्तित्व ध्रुव मधिकर्मी विशिष्ट अतिथि र लघुकथा कुनोका एडमिन एवम् बरिष्ठ लघुकथाकार खेमराज पोखरेल सभापती रहेका थिए ।

हाम्रो लघुकथा पाठशालाका एडमिन डा.शेखरकुमार श्रेष्ठ, नमस्ते लघुकथा आधुनिक मञ्चका एडमिन शेखर अर्याल, लघुकथा सौन्दर्यका एडमिन श्रीराम राई, साहित्यकार भीम खरेल, कृतिकारका दिदी गीता सिलवाल , भिनाजु विष्णु सिलवाल , काका ज्ञानबहादुर के सी , कार्यक्रममा प्रमुख अतिथि , विशिष्ट अतिथि , सभापती , कृतिकार लता केसी , प्रस्तोता एडमिन पौडेल बिमुन्सले सामूहिकरूपमा पुस्तकको विमोचन गरेका थिए ।

उदघोषक विमुन्स पौडेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् । वीरेन मालाकार “ सहयात्री ´´ र मिसु श्रेष्ठ थपलियाले विमोचित कृतिबाट १/१ वटा लघुकथा वाचन गरेका थिए । लघुकथाकार गंगा दाहाल न्यौपानेले स्वागत गानबाट शुभकामना व्यक्त गरेकी थिइन् । एडमिन डा. शेखरकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमका विशेष अतिथि ध्रुव मधिकर्मीले विमोचित कृति दृश्य संग्रहनीय रहेको बताए। दृश्यमा घतलाग्दा लघुकथाहरू सङगृहीत छन्। यसले लघुकथाकारको उचाइ झन् अग्लाएको छ।

कार्यक्रमका प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले अनेक चुनौती पार गर्दै नेपाली लघुकथा अगाडि बढेको बताए। पहिलेपहिले लघुकथा भन्ने बित्तिकै केही व्यक्ति अनेक टीकाटिप्पणी गर्थे। अनेक चुनौती पार गर्दै यहाँसम्म आइपुग्दा लघुकथाले निकै व्यापकता पाएको छ। यही व्यापकताको साक्षी हुन् लघुकथाको अभियन्ता लता केसी। उनले राम्रो लघुकथा मात्रै लेखेकी छैनन्,हाम्रो लघुकथा पाठशालामार्फत दर्जनौ लघुकथाकार जन्माएकी छन्।

उनले प्रविधिको उपयोग गर्दै लघुकथालाई समृद्धिको बाटोमा डोर्‍याएकी छन्। प्रविधिले मानवीय संवेदना र भावनाबाट टाढा बनाए पनि साहित्य सिर्जनालाई सहज बनाएको छ। उनले प्रविधिको उपयोग गरेर नै सुन्दर लघुकथा लेखेकी हुन्।

सभाध्यक्ष पोखरेलले लघुकथाकार केसी टेस्टीफाई लघुकथाकार भएको बताए। उनले हाम्रो लघुकथा पाठशालामार्फत नेतृत्वदायी भूमिका खेल्दै धेरै लघुकथाकार जन्माएकी छन्। उनले भने, ‘सिद्धान्त लघुकथाको बाधक र शासक दुवै होइनन्। राम्रो विषय समाजबाट लिने र सिद्धान्त पढेर राम्रो लघुकथा लेख्न सकिन्छ भन्दै कार्यक्रमको समापन गरेका थिए।