माओवादी केन्द्र त्रिवेणीका अध्यक्ष गणेश खडका प्रहरी नियन्त्रणमा

everest kitchen

 

रुकुम । नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष गणेश बहादुर खडकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान त्रिवेणीको सिम्रुतुबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वैशाख २२ मा त्रिवेणी -९ मा नेपाली काङ्ग्रेस र माओवादी कार्यकर्ताको झडपको बिषयलाई सोधपुछको नियन्त्रणमा लिईएको बताएको छ । उक्त झडपमा प्रहरी चौकिसमेत तोडफोड भएको थियो ।

वैशाख २१ गते काङ्ग्रेस कार्यकर्ताले माओवादी कार्यकर्ताको सवारीसाधन तोडफोड, पार्टी कार्यालय तोडफोड, बारीको केरा जलाउने तथा घर आगजनी गरेपछि झडप सिर्जना भएको बताएको छ । यद्यपि झडपको नेतृत्व गर्ने काङ्ग्रेसका उम्मेदवार अमरसिं खडकालाई भने प्रहरीले नियन्त्रणमा नलिएको माओवादीको आरोप छ ।