माओवादी केन्द्र त्रिवेणीका अध्यक्ष गणेश खडका रिहा

everest kitchen

रुकुम । नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष गणेश बहादुर खडकालाई प्रहरीले नियन्त्रणमा लिएर रिहा गरेको छ । मंगलबार बिहान त्रिवेणीको सिम्रुतुबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

खड्कालाई मंगलबार साझनै रिहा गरिएको हो । वैशाख २२ मा त्रिवेणी -९ मा नेपाली काङ्ग्रेस र माओवादी कार्यकर्ताको झडपको बिषयलाई सोधपुछको नियन्त्रणमा लिईएको बताएको छ । उक्त झडपमा प्रहरी चौकिसमेत तोडफोड भएको थियो ।

वैशाख २१ गते काङ्ग्रेस कार्यकर्ताले माओवादी कार्यकर्ताको सवारीसाधन तोडफोड, पार्टी कार्यालय तोडफोड, बारीको केरा काटिदिने तथा घर आगजनी गरेपछि झडप सिर्जना भएको बताएको छ ।

अध्यक्ष खडका अनुसार वैशाख २२ मा त्रिवेणी -९ मा नेपाली काङ्ग्रेस र माओवादी कार्यकर्ताको झडपको बिषयलाई लिएर सोधपुछ गर्नका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाईएको हो । घटना बारे सामान्य सोधपुछपछि आफुलाई छाडिएको उनलेे बताए ।

२१ गते राति काङ्ग्रेस निकट तरुण दलले माओवादी पार्टी कार्यालय तोडफोड गरेर, समर्थकको घरमा आगजनी गरेर, बालिबिरुवामा क्षति तथा नस्ट गर्ने, माओवादी समर्थकलाई डराई धम्काई गरेपछि वाईसीएलले त्यसको प्रतिवाद गर्दा घटना घटेको अध्यक्ष खडकाले बताए ।

प्रहरी चौकी किन तोडफोड गरेको त? भन्ने प्रश्नमा उनले भने, “काङ्ग्रेस निकट कार्यकर्ताले गाउँमा आतंक सिर्जना गरेपछि वाईसीएलले त्यसको प्रतिवाद गरेको र सो क्रममा तरुणदलले प्रहरी चौकी भित्र पसेर उल्टै वाईसीएल माथि ढुंगामुढा गरेपछि झडपले थप रुप लिदा प्रहरी चौकीमा पनि क्षति पुगेको हुनसक्छ । हामी घटना स्थल बाहिर हुदा झडप समयमै रोक्न नसकिएको हो । यद्यपि अर्को पक्षको नेतृत्व गैरजिम्मेवार बनेर झडप गराए ।”

बिनाकारण माओवादी पार्टी कार्यालय तोडफोड गर्ने, सर्वसाधारणको घरमा आगजनी गर्ने, बालिबिरुवामा क्षति तथा नस्ट गर्ने, सर्वसाधारणलाई डराई धम्काई गर्ने बिरुद्ध निवेदन दिएपनि उनीहरूलाई प्रहरीले नियन्त्रण नलिएको माओवादीको आरोप छ ।