नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ

everest kitchen

काठमाडौं । नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो ।

आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङबाट पक्राउ गरिएको पार्टीका एक नेताले बताए । स्थानीय निर्वाचनको ठिकअघि उनलाई चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको बताइएको छ ।

पार्टीले चुनावमा नजाने तर यदि देशभक्त, एमसीसी विरोधी र क्रान्तिकारी स्वतन्त्र उम्मेदवार भए सघाउने नीति लिएको छ।