काठमाडौं । बुधबार राती मतदातालाई पैसा बाँडिरहेको अवस्थामा एमालेका एक उम्मेदवारलाई सुर्खेत प्रहरीले नियन्त्रणका लिएको छ ।
पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार राजन विसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राती नै छापा हानेको थियो । प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा १ लाख १ हजार रुपैयाँ झोलामा राखेको नगद फेला परेको बताएको छ ।