त्रिवेणी -७ मा विवादपछि मतदान स्थगित

everest kitchen

 

रुकुम । रुकुम पश्चिमको त्रिवेणी -७ मा विवादपछि मतदान स्थगित भएको छ । मतदानपत्रमा विवाद सिर्जना भएपछि मतदान स्थगित भएको हो ।

मतदान अधिकृतले बुथ सञ्चालन तथा निर्देशन गर्नेक्रममा सहयोगीले अधिकृतको हस्ताक्षर विनाको मतपत्र मतदातालाई दिएपछि विवाद भएको बताएको छ । विवादपछि मतदान स्थगित भएको र सर्वदलीय बैठकबाट छलफल भईरहेको त्रिवेणीका निर्वाचन अधिकृत कृत बहादुर बस्नेतले जानकारी दिए ।

अधिकृत बस्नेतका अनुसार निर्वाचन अधिकृतको कार्यालयबाट विवादित स्थल तर्फ अधिकृतसहितको टोलि त्यहाँ पुग्न लागेको र विवाद साम्य भएपछि मतदान सुचारु हुनेछ ।