त्रिवेणीमा हालसम्म ९ हजारबढि मत खस्यो, विवादपछि स्थगित मतदान सुचारु

everest kitchen

 

त्रिवेणी -३ को मतदान स्थल

रुकुम । रुकुम पश्चिमको त्रिवेणी -७ मा विवादपछि मतदान स्थगित भएको झन्डै २ घण्टापछि पुनः सुचारु गरिएको छ । मतदानपत्रमा विवाद सिर्जना भएपछि मतदान स्थगित भएको थियो ।

मतदान अधिकृतले बुथ सञ्चालन तथा निर्देशन गर्नेक्रममा सहयोगीले अधिकृतको हस्ताक्षर विनाको मतपत्र मतदातालाई दिएपछि विवाद भएको बताएको छ । विवादपछि स्थगित भएको मतदान र सर्वदलीय बैठकबाट छलफलबाट भुलबस मतदान अधिकृतको हस्ताक्षर नभई परेको ५ मत बदर गर्ने सर्बदलीय सहमति पछि स्थगीत मतदान सुरु गरिएको हो ।

निर्वाचन अधिकृतको कार्यालय त्रिवेणीका अनुसार त्रिवेणीका १० वडाका २० मतदान केन्द्रमा हालसम्म ९ हजार १३० मत खसेको छ । जसमा पुरुष ३ हजार ९९५ र महिला ५ हजार १३५ रहेका छन् । यो कुल मतसंख्याको ६३.६९ हो । त्रिवेणी जम्मा १४ हजार ३३६ मतदाताहरु रहेका छन् ।