रुकुममा उम्मेदवारको गाडीले ठक्कर दिदा मतदाताको निधन

everest kitchen

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्षका उम्मेदवार जनककुमार बाँठाको गाडिले ठक्कर दिँदा गम्भिर घाईते भएका एक मतदाताको निधन भएको छ ।

बाँफिकोट गाउँपालिका वडा नम्बर ७ निवासी ६० बर्षे पर्जे खत्रीको उपचारको क्रममा निधन भएको हो । बाँफिकोट गाउँपालिका वडा नम्बर ७ ढारवाङको नेपाल राष्ट्रिय मावि मतदान स्थलमा भोट हाल्न आएका खत्रीलाई अध्यक्षका उम्मेदवार बाँठाकाे गाडिले ठक्कर दिएकाे थियो ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले कांग्रेस उम्मेदवारले प्रयाेग गरेकाे गाडिले ठक्कर दिएकाे र त्यसपछि केही समय मतदान राेकिएकाे थियो ।