सल्यानको कुमाखमा काँग्रेस-एमाले गठबन्धनलाई पछि पर्दै माओवादीको सुरुवाती अग्रता

everest kitchen

काठमाडौं । सल्यान कुमाख गाउँपालिका मध्यराति १२ बजेदेखि मतगणना जारी छ । अहिलेसम्म ५०० मत गन्दा अध्यक्षमा माओवादी केन्द्रका डिल्लीराज जैशीले २६६ मतसहित सुरुवाती अग्रता बनाएका छन् ।

यस्तै नेपाली काँग्रेस र एमालेको गठबन्धनबाट अध्यक्षका उम्मेदवार मानबहादुर बुढाथोकीले २५४ मतका साथ जैशीलाई पछ्याइरहेको अवस्था छ । उपाध्यक्षमा पनि माओवादीकै अग्रता छ ।

उपाध्यक्षमा माओवादी केन्द्र धनसरा मल्लले २८४ पाएकी छन् भने काँग्रेस र एमाले गठबन्धनका उम्मेदवार लालबहादुर रावतले २१९ मत पाएका छन् ।

यस्तै वडा १ को अध्यक्षमा माओवादी केन्द्रका डिल्ली रानाले ३१८ र काँग्रेस र एमाले गठबन्धनका प्रेम बहादुर बुढाथोकीले २०९ मत पाएका छन् ।