रुकुमको त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवार सुन्दर ओली विजयी

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्र त्रिवेणी गाउँपालिका पूर्वउपाध्यक्षसमेत रहेका स्वतन्त्र उम्मेदवार सुन्दर ओलीको प्यानल नै बिजयी भएको हो । माओवादी पार्टीबाट आफु उम्मेदवार बन्न नपाएपछि उनले स्वतन्त्र उम्मेदवारको प्यानल बनाएर चुनाव लडेका थिए ।

निर्वाचन अधिकृतको कार्यालय त्रिवेणीका अनुसार, ओलीले ५७७ मत ल्याएका छन भने माओवादी केन्द्रका आधिकारिक उम्मेदवार लक्ष्मण ओलीले ४१७ मत ल्याएका हुन । त्यस्तै, काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार मुस्कान ओलीले ५१ छन । एमालेको भने उम्मेदवारी थिएन ।

त्यस्तै ओलीको प्यानलबाट महिला सदस्य कमला बोहरा, दलित महिला सदस्य लालसरा कामी, खुला सदस्यहरु खडक पुन र पुर्ण बहादुर बुढा विजयी भएका छन् । यद्यपि मतपसिणाम बारे निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गर्न बाँकी रहेको छ ।

त्यस्तै गाउँपालिका अध्यक्षमा भने माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गणेश कुमार केसी “हिमाल”ले ५८८ मत ल्याएका छन् भने काङ्ग्रेसका अमरसिं खड्काले २३०, एमालेका चोपलाल खडकाले १५ नेकपा एकीकृत समाजवादीका धनराज खड्काले २, र राप्रपाका डिल्ली बहादुर खड्काले शुन्य मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी राजकुमारी खडका रेउलेले ५८५ मत ल्याएर अग्रता लिएकी छन भने काङ्ग्रेसकी सृष्टि बाँठा मगरले २३२ र एमालेकी धनकला बिष्टले १५ मत ल्याएकी छन् ।

जम्मा खसेको १११४ मतमा २६ मत बदर भएको थियो । उक्त वडामा कुल १७८९ मतदाताहरु रहेका छन् ।