त्रिवेणी -२ को मतपेटिकाको सुरक्षा सिल तोडिएको अवस्थामा भेटिएपछि विवाद

everest kitchen
सुरक्षा सिल तोडिएको मतपेटिका

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-२ को मतपेटिकाको सुरक्षा सिल तोडिएको अवस्थामा भेटिएपछि विवाद सिर्जना भएको छ । विवादपछि मतगणना रोकिएको छ ।

त्रिवेणी-२ को पिपल नाथ निम्नमाध्यमिक मतदान केन्द्रको “क” मतदान केन्द्रको मतपेटिकाको दुईवटा सुरक्षा सिल तोडिएको अवस्थामा भेटिएको हो । मतदान स्थलबाट निर्वाचन अधिकृतको कार्यालय पुर्याउने क्रममा बाटोमा सिल तोडिएको हुन सक्ने बताएको छ ।

ढुवानीका क्रममा मतपेटिका टुटफुट हुने भएपनि नेपाली काङ्ग्रेस निकटले बुकिङ गरेको गाडीमा ढुवानी गर्दा बाटोमा सुरक्षा सिल तोडिएको पाईएपछि आफुुहरु विश्वस्त नरहेको माओवादी केन्द्र त्रिवेणीका अध्यक्ष गणेश खडकाले बताए ।