महोत्तरीको बर्दिबास-७ मा स्वतन्त्रको उम्मेदवार राम सोगारथ यादव विजयी

everest kitchen

सुरेन्द्र महतो
महोत्तरी । महाेत्तरीकाे बर्दिवास नगरपालिका वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार राम सोगारथ यादवले ७२७ मत ल्याए विजय भएका छन् ।

यादवको प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र कुमार सिंह कोइरीले ७२६ मत ल्याएका छन् । यादव १ मतान्तरले विजय भएको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए ।

ने.क.पा माओवादी को गढ मानिने उक्त ठाउँमा रामसोगारथ यादवले पहिले देखि नै नेपाली काङ्ग्रेसको सक्रिय कार्यकर्ता हुन । उनले स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीको प्यानलबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।