रुकुमको त्रिवेणी -४ मा काङ्ग्रेसका नन्नराम बाँठा विजयी

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-४ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । त्रिवेणी -४ को वडाअध्यक्षमा काङ्ग्रेसका नन्नराम बाँठा “निर्मल”को प्यानल विजयी भएको हो ।

वडाअध्यक्षको प्रतिस्पर्धामा काङ्ग्रेसका नन्नराम बाँठा “निर्मल”ले ५१६ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका घमण्ड बहादुर खडकाले ३५२, एमालेले उम्मेदवारले ७ ल्याएका छन् ।

त्यस्तै गाउँपालिका अध्यक्षमा भने माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गणेश कुमार केसी “हिमाल”ले १ हजार ५१६ मत ल्याएका छन् । त्रिवेणी-४ बाट मात्रै उनले ३५५ मत ल्याएका हुन ।

हालसम्म काङ्ग्रेसका अमरसिं खड्काले १ हजार ३२७, एमालेका चोपलाल खडकाले ७०, नेकपा एकीकृत समाजवादीका धनराज खड्काले ९ र राप्रपाका डिल्ली बहादुर खड्काले शुन्य मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी राजकुमारी खडका रेउलेले १ हजार ४६८ मत ल्याएर अग्रता लिएकी छन भने काङ्ग्रेसकी सृष्टि बाँठा मगरले १ हजार ३८२ र एमालेकी धनकला बिष्टले ५९ मत ल्याएकी छन् ।

जम्मा खसेको ९०० मतमा ८ मत बदर भएको थियो । यसअघि उक्त वडामा माओवादी केन्द्रका चन्द्रबहादुर खडका “अठोट”ले जितेका थिए ।