राक्सिराङ- १ मा एमालेको प्यानल विजयी

everest kitchen

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंबर १ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेद्वार बाबीराम मोक्तानको प्यानल विजयी भएको छ ।

मोक्तानले ४६३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गरे ।

यसैगरि,सदस्यहरुमा एमालेका पुर्ण बहादुर मोक्तान,भीम बहादुर मुक्तान,महिला सदस्यमा आस माया थिङ,दलित महिला सदस्यमा सुमीत्रा विश्वकर्मामा विजयी भएका छन् ।