मलेसियामा २५६६ औं बुद्ध जयन्ती मनाइयो

everest kitchen

मलेसियामा बिभिन्न संघ संस्थाहरुाके आयोजनामा २५६६ औं बुद्ध जयन्ती मनाइएको छ ।
एनआरएनए मलेसिया शाखा, नेपाल आदिवासी जनजाति महासंघ मलेसिया शाखा, नेपाल तामाङ्ग घेदुङ्ग मलेसिया शाखाको संयुक्त आयोजनामा बुद्ध जयन्ति कार्यक्रम सम्पन्न भएको हो ।


अघिल्लो बर्षहरुमा भव्यताका साथ रथ यात्रा लगायतका कार्यक्रम गरेर मनाउने गरिएको बुद्ध जयन्ति भने यसपाला समय प्रतिकुलताका कारण थोरै ब्यक्तिहरुको उपस्थितिमा सरल तरिकाले मनाइएको हो ।
लामा गुरु रन्जित तामाङ्गबाट पूजा गरि सुरु भएको कार्यक्रममा नेपाल राजदुतावासका द्वितिय सचिव तथा प्रमुख अतिथि प्रतिक कार्कीले बुद्ध धर्मको सन्देश सद्भाव र सहकार्य सबैले अनुशरण गर्नुपर्ने बताउनुभयो भने विशेष अतिथि शंकर पौड्यालले मलेसियामा रहेका नेपालीहरुमात्र नभएर स्थानियहरुले पनि एकताबद्ध भएर मनाउने यस कार्यक्रमको माध्यमबाट नेपालीले आफूहरुलाई मलेसियामा राम्रो तरीकाले चिनाउन सकिने बताउनुभयो । उहाँले बोल्दै मलेसियामा नेपालीहरुलाई विशेष गरि गोर्खा, सगरमाथाको देश र बुद्ध जन्मिएको देशको नागरिक भनेर चिन्ने गरेको बताउनुभयो ।
कार्यक्रममा किरात याक्थुङ्ग चुम्लुङ्ग मलेसियाका अध्यक्ष दिलकूमार केरुङ्ग, थारु सेवा समाजका आरएन थारु, फोनिज मलेसियाका अध्यक्ष सुनाखरी मगर, किरात राई यायोक्खाका प्रतिनिधि इश्वर राई, एनआरएन मलेसियाका उपाध्यक्ष हेमराज सापकोटा लगायतले शूभकामना मन्तब्य दिनुभएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष बिपीन राईले दिनुभएको थियो ।
कार्यक्रमका सभापति तथा एनआरएन मलेसियाका बरिष्ठ उपाध्यक्ष, नेपाल ब्यवसायी समाज मलेसियाका अध्यक्ष इन्द्र लिम्बुले कार्यक्रममा सहयोगि सबैलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा कलाकार सम्झना तामाङ्गले आफ्नो नृत्यहरु प्रस्तुत गर्नुभएको थियो ।