त्रिवेणी-६ मा माओवादी केन्द्रका भद्र बहादुर सिर्पालीको प्यानल विजयी

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-६ नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । त्रिवेणी -६ मा वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका बहादुर सिर्पालीको प्यानल विजयी भएको हो ।

वडाअध्यक्षको प्रतिस्पर्धामा नेकपा माओवादी केन्द्रका भद्र बहादुर सिर्पाली ४३९ मत ल्याएका छन् भने नेपाली काङ्ग्रेसका प्रेम घर्तीले ३२६ मत ल्याएका छन । एमालेका पदम पुनको टिमले भने उक्त वडामा काङ्ग्रेसलाई सहयोग गरेको थियोे । स्वतन्त्र उम्मेदवार गणेश पुनले ५१ मत ल्याएका छन् ।

त्यस्तै त्रिवेणी-६ को सिर्पालीको प्यानलबाट महिला सदस्यमा चादनी पुन, दलित महिला सदस्य सुनिता सुनार, खुल्ला सदस्यहरु भिम प्रकाश पुन र ईन्द्र बहादुर ओली विजयी भएकन छन् ।

यस्तै, गाउँपालिका अध्यक्षमा पनि माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गणेश कुमार केसी “हिमाल”ले २ हजार ७१२ मत ल्याएका छन् । त्रिवेणी-६ बाट मात्रै उनले ५०३ मत ल्याएका हुन ।

हालसम्म काङ्ग्रेसका अमरसिं खड्काले २ हजार ११४ एमालेका चोपलाल खडकाले ९१, नेकपा एकीकृत समाजवादीका धनराज खड्काले ९ र राप्रपाका डिल्ली बहादुर खड्काले १ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी राजकुमारी खडका रेउलेले २ हजार ५९४ मत ल्याएर अग्रता लिएकी छन भने काङ्ग्रेसकी सृष्टि बाँठा मगरले २ हजार २२४ र एमालेकी धनकला बिष्टले ८५ मत ल्याएकी छन् ।

त्रिवेणी -६ मा जम्मा खसेको ८८३ मतमा २४ मत बदर भएको थियो । यसअघि उक्त वडामा माओवादी केन्द्रका राजेन्द्र पुनले जितेका थिए ।