त्रिवेणी-७ माओवादी केन्द्रका धन बहादुर खडकाको प्यानल विजयी

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-७ नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । त्रिवेणी -७ मा वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका धन बहादुर खडकाको प्यानल विजयी भएको हो ।

वडाअध्यक्षको प्रतिस्पर्धामा नेकपा माओवादी केन्द्रका धन बहादुर खड्काले ६६५ मत ल्याएका छन् भने नेपाली काङ्ग्रेसका भिम बहादुर डाँगीले ५५९ मत ल्याएका छन । एमालेका वडाअध्यक्ष पदका उम्मेदवारले २३ मत ल्याएका छन् ।

यस्तै, गाउँपालिका अध्यक्षमा पनि माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गणेश कुमार केसी “हिमाल”ले ३ हजार ३७३ मत ल्याएका छन् । त्रिवेणी-७ बाट मात्रै उनले ६६१ मत ल्याएका हुन ।

हालसम्म काङ्ग्रेसका अमरसिं खड्काले २ हजार ६७९ एमालेका चोपलाल खडकाले ११४, नेकपा एकीकृत समाजवादीका धनराज खड्काले ९ र राप्रपाका डिल्ली बहादुर खड्काले १ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी राजकुमारी खडका रेउलेले ३ हजार २६३ मत ल्याएर अग्रता लिएकी छन भने काङ्ग्रेसकी सृष्टि बाँठा मगरले २ हजार ७८५ र एमालेकी धनकला बिष्टले १०५ मत ल्याएकी छन् ।

त्रिवेणी -६ मा १२९१ मत खसेको थियो । यसअघि उक्त वडामा नेपाली काङ्ग्रेसका बीर बहादुर दडकाले जितेका थिए । त्रिवेणीमा हालसम्म ६ वडामा मत गणना हुदा त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवार, त्रिवेणी -३ र ४ मा नेपाली काङ्ग्रेस र त्रिवेणी-५,६,७ मा माओवादी केन्द्र विजय भएको छ ।