रुकुमको त्रिवेणी -८ मा काङ्ग्रेसका नन्दराम खड्का एक सदस्यसहित विजयी

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-८ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका नन्दराम खड्का विजयी भएका छन् । त्रिवेणी -८ को वडाअध्यक्षमा काङ्ग्रेसका नन्दराम खडका एक दलित महिला सदस्यसहित विजयी भएका हुन ।

वडाअध्यक्षको प्रतिस्पर्धामा काङ्ग्रेसका नन्दराम खड्काले ४१४ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका लक्ष्मण बिकले ३९३ मत ल्याएका छन् ।

यद्यपि दलित महिला सदस्यमा काङ्ग्रेसकी मनकला दमाई विजयी भएकी छन् भने माओवादी केन्द्रका तर्फबाट महिला सदस्यमा जमुना खड्का, खुल्ला सदस्य कलिभान खड्का, खुल्ला सदस्य डम्बरबहादुर खड्का विजयी भएका छन् ।

त्यस्तै गाउँपालिका अध्यक्षमा भने माओवादी केन्द्रले अग्रता लिएको छ । उक्त वडामा पनि अध्यक्ष उपाध्यक्षमा भने माओवादी केन्द्रले अग्रता लिएको हो । हालसम्म माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गणेश कुमार केसी “हिमाल”ले ३ हजार ७७७ मत ल्याएका छन् । त्रिवेणी-८ बाट मात्रै उनले ४०४ मत ल्याएका हुन ।

हालसम्म काङ्ग्रेसका अमरसिं खड्काले ३ हजार ५१ ल्याएका छन् । त्रिवेणी -८ मा खड्काले ३७२ मत पाएका छन् । एमालेका चोपलाल खडकाले १२१ नेकपा एकीकृत समाजवादीका धनराज खड्काले २७ र राप्रपाका डिल्ली बहादुर खड्काले २ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी राजकुमारी खडका रेउलेले ३ हजार ७१७ मत ल्याएर अग्रता लिएकी छन भने काङ्ग्रेसकी सृष्टि बाँठा मगरले ३ हजार १३० र एमालेकी धनकला बिष्टले ११३ मत ल्याएकी छन् ।

उक्त वडामा जम्मा ८३४ मत खसेको थियो । यसअघि उक्त वडामा माओवादी केन्द्रका कर्ण बहादुर खडकाले जितेका थिए ।