राक्सिराङ-६ मा माओवादी केन्द्रका अकल बहादुर मोक्तान निर्वाचित

everest kitchen

सविन कुमार लोप्चन
हेटौंडा । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिका वडा नम्बर ६ मा माओवादी उम्मेदवार अकल बहादुर मोक्तान निर्वाचित भएका छन। मोक्तानले २९ मतको मतान्तरले एमाले तर्फ बाट वडा अध्यक्षको प्रत्यासी उम्मेदवार पुर्व वडा अध्यक्ष समेत रहेका सिंग लाल प्रजा लाई निर्वाचित पराजित गराएको हो।

त्यस्तै सदस्य हरुमा महिला सदस्य अनिसा प्रजा र खुल्ला सदस्य तिलक बहादुर मोक्तान माओवादी बाट निर्वाचित भएका छन भने दलित महिला सदस्य बिमला बि क र खुल्ला सदस्य भिम प्रजा एमाले बाट निर्वाचित भएका छन ।

यस्तै माओवादी तर्फबाट सदस्य पदको उम्मेदवार रावन प्रजा र भिम प्रजाको अन्तिम नतिजा बराबरी भए पछि गोला प्रथा बाट भिम प्रजा निर्वाचित भएका थिए ।