काठमाडौं महानगर : पपुलर मतमा सुनिताको फड्को

everest kitchen

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १२ हजार ८७९ मत ल्याउँदै अग्र स्थानमा सफल भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ६ हजार ९९० मत तथा नेपाली काँग्रेसकी सिर्जना सिंहले ६ हजार १२९ मत ल्याएकी छन् । निर्वाचन अधिकृतका अनुसार हालसम्म काठमाडौँ महानगरको १,२,३, ५ को मतगणना सम्पन्न भएर घोषण भइसकेको छ ।

हाल वडा नम्बर ४,६,२९, ३०,३१ र ३२ का साथै ७ को गणना जारी रहेको छ । हालसम्म प्रमुख पदमा ३३ हजार ८१३ मत गणना भएको छ जसमध्ये १२२८ मत बदर भएको छ ।

यता उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले १३ हजार ९८ मत बटुलेकी छन् । उनको प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीले मात्र ४ हजार ७४ मत ल्याएको छ भने राप्रपाले २ हजार ५१० मत बटुलेको छ ।