चौरजहारी नगरपालिकामा माओवादी केन्द्र विजयी

everest kitchen

रुकुम । चौरजहारी नगरपालिकाको मतगणना सम्पन्न भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम वमोजिम नगर प्रमुख र उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेद्धार पुष्प वादी र इश्वरी कुमारी शर्मा विएम विजयी भएका छन् ।

१४ वटा वडा रहेको नगरपालिकामा ११ वटा वडाका वडाअध्यक्ष पदमा माओवादी केन्द्र र ३ वटा वडाका वडाअध्यक्ष पदमा नेपाली काँग्रेस (एमाले-काँग्रेस गठबन्धन) का उम्मेद्धार विजयी भएका छन ।

२०७४ सालको स्थानीय निर्वाचनमा एकल प्रतिस्पर्धामा ४ वटा वडा गुमाएको माओवादी केन्द्रले यसपटक एमाले-काँग्रेस गठबन्धनको विचबाट १ वटा वडा फिर्ता लिन सफल भएको छ भने नगरको तेश्रो ठुलो दल नेकपा (एमाले)ले ३ जना वडासदस्यमा चित्त वुझाउनुपरेको छ ।

फोटो: धुब्रबिक्रम बुढाथोकी