मलेसियामा पहिलो नेपाली ब्याटमिन्टन टुर्नामेन्ट हुने

everest kitchen

मलेसिया । नेपाली दुतावास मलेसियासंगको सहकार्यमा एभरेस्ट युथ ब्याटमिन्टन क्लबको आयोजनामा मलेसियामा रहेका नेपालीहरुको शारिरीक तथा मानसिक स्वास्थ्यको प्रबर्द्धन तथा आकस्मीक मृत्यु जस्ता स्वास्थ्य समस्याको न्युनिकरणको लागि २०२२ मे २९ तारीख ब्याटमिन्टन हल को, केलाङमा डबल पुरुष ब्याटमिन्टन टुर्नामेन्ट सम्पन्न हुने भएको छ ।

मलेसियामा फुटबल तथा भलिबल प्रतियोगिता मलेसियाको लामो समय अवधिको पब्लिक होलिडेहरुमा हुने गरेको भएपनि ब्यटमिन्टन टुर्नामेन्ट यो पहिलो हो । ब्याटमिन्टन खेल सबै उमेर समुहकाहरुले खेल्न सक्ने भएकोले यस टुर्नामेन्टले सबैलाई खेलकुद र शारिरीक कसरतको लागि प्रोत्साहन प्रदान गर्ने आयोजकले बताए ।

टिम दर्ता गराउने अवधी मे १ देखि मे २० सम्म र टिम दर्ता शुल्क २०० रिंगेट रहेकोछ । टुर्नामेन्टमा प्रथम पुरस्कार १५०० रिंगेट नगद, च्याम्पियन ट्रफी, मेडल, ब्याटमिन्टन रेक्केट र प्रमाणपत्र, दोस्रो पुरस्कार १००० रिंगेट नगद, मेडल, ब्याटमिन्टन रेक्केट, प्रमाणपत्र, तेस्रो पुरस्कार ५०० रिंगेट नगद, मेडल, ब्याटमिन्टन रेक्केट, प्रमाणपत्र र चौथो पुरस्कार २०० रिंगेट नगद, मेडल र प्रमाणपत्र रहेकोछ ।
यस टुर्नामेन्टमा मलेसियाको विभिन्न राज्यबाट लगभग २० टिम सहभागी हुने पनि आयोजकले बताए ।

मलेसियामा रहेको नेपालीहरुको अत्याधिक स्वास्थ्य समस्या र अकस्मीक मृत्युु हुने गरेको छ । प्रत्येक बर्ष ३ सय भन्दा बढि नेपालीहरुको मालेसियामा मृत्यु हुने गरेको तथ्यांक छ । शारिरीक कसरत, खेलकुद, दैनिक जीवनयापन र खानपिनमा सुधार गर्नु पर्ने स्वास्थ्य बिज्ञहरुको सुझाव रहेकोछ । यस टुर्नामेन्ट पश्चात मलेसियाको विभिन्न राज्यमा हाइकिङ र दौड प्रतियोगिता साथै हरेक तीन महिनामा अन्य खेलकुद प्रतियोगिता पनि गराउने योजना रहेको कार्यक्रम ब्यवस्थापन टिमले जानाएको छ ।

टुर्नामेन्टको टाइटल स्पोन्सर इन्स्टापे टेक्नोलोजी रहेकोछ । इन्स्टापे मलेसियामा रहेका बिदेशी नागरिकहरुलाई आफ्नो स्वदेश पैसा रेमिटेन्स गर्ने, मोबाइल रिचार्ज गर्ने र अनलाइन किनमेल गर्ने बैधानिक माध्यम हो ।

इन्स्टापेको मोबाइल एप्स र मास्टर कार्डबाट प्राप्त हुने सुविधा सरल र सुलभ रहेको छ । लगभग तीन बर्षमा एक लाख भन्दा बढि प्रयोग कर्ता रहेकोछ । स्पोनसर गैरआवासीय नेपाली संघ मलेसिया, नोर्थ साउथ इनिसियटिभ मलेसिया र प्रवासी नेपाली समन्वय समिति साथै फुड स्पोन्सर वरपिपल चौतारी रेष्टुरेन्ट केलाङले गरेकोछ ।

टुर्नामेन्टको ब्यबस्थापन माउन्टेन एभरेस्ट इभेन्ट म्यानेजमेन्ट कम्पनीले गरेकोछ र मिडिया पार्टनर हिमालटाइम्स रहेकोछ । टुर्नामेन्टको खेल बिहान ९ बजेबाट शुरुहुनेछ ।