छ्युसी बौद्ध गुम्बाद्वारा नवनिर्वाचित वडाअध्यक्ष मोक्तान र निवर्तमान वडाअध्यक्ष प्रजालाई सम्मान

everest kitchen

हेटौंडा । राक्सिराङ गाउँ पालिका वडा नम्बर ६ स्थित छ्युसी बौद्ध गुम्बाद्वारा नव निर्वाचित वडा अध्यक्ष अकल बहादुर मोक्तान निर्वाचित वडा सदस्यहरु र निवर्तमान वडा अध्यक्ष सिंग लाल प्रजालाई सम्मान गरेको छ।

कार्यक्रम निर्वाचित वडा अध्यक्ष अकल बहादुर मोक्तानको प्रमुख आतिथ्य र गुम्बा समिति अध्यक्ष सविन कुमार लोप्चनको सभाध्यक्षमा सम्पन्न भएको थियो । बिशिस्ट अतिथि निवर्तमान वडा अध्यक्ष सिंग लाल प्रजा,अतिथिहरु वडा सदस्य तिलक बहादुर मोक्तान,वडा सदस्य भिम बहादुर प्रजा,वडा सदस्य बिमला बि.क. सिमर गाउँ टोल सुधारका अध्यक्ष दिल बहादुर लोप्चन,समाज सेवि राम चन्द्र लोप्चन,समाज सेवि अभिषेक लामा को उपस्थिति रहेको थियो ।

कार्यक्रम गुम्बा सचिव लाल बहादुर थिङ ले संचाल गरेका थिए । त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य गुम्बा उपाध्यक्ष राज कुमार लामाले राखेका थिए

त्यस्तै कार्यक्रममा वडा अध्यक्ष मोक्तानले आफू वडा अध्यक्ष मात्रै नभई यश गुम्बाको प्रमुख लामा पनि रहेको नाताले पनि निर्माणधिन गुम्बालाई पुर्णता दिने पनि प्रतिबद्धता गरे । यस्तै अध्यक्ष मोक्तानले वडाको बिकासको लागि कसैलाई पाखा कसैलाई काख नगरी समग्र वडावासिको हितमा हुने काम गर्ने प्रतिबद्धता गरे

त्यस्तै निवर्तमान वडा अध्यक्ष प्रजाले नव निर्वाचित जन प्रतिनिधिलाई बधाई दिदै राक्सिराङ ६ को एउटा गौरवको योजना छ्युसी बौद्ध गुम्बा लाई पुर्णता दिन नव निर्वाचित वडा अध्यक्ष लाई अनुरोध गर्नुको साथै आफ्नो कार्यकालमा हुँदै आएको अधुरो कामलाई तिब्रता दिदै बिकास परियोजना लाई पुर्णता दिनु आग्रह गरे ।