अब मिर्गौला प्रत्यारोपण निःशुल्क, क्यान्सर र मेरुदण्डका बिरामीलाई मासिक ५ हजार भत्ता

everest kitchen

काठमाडौं । सरकारले मिर्गौला रोगीहरूको निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत् उक्त घोषणा गरेका हुन् ।

विपन्न मिर्गौला रोगीहरूलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड रूपैयाँ विनियोजन गरेको छ । शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै क्यान्सर र मेरुदण्डका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने बताएका छन् ।

यसका लागि १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको शर्माले बताए ।