मलेसियामा इन्स्टापे एभरेस्ट ब्याटमिन्टन टुर्नामेन्ट भब्यरुपमा सम्पन्न

everest kitchen

काठमाडौं । नेपाली राजदुतावास मलेसियाको सहकार्य, एभरेस्ट युथ ब्याटमिन्टन क्लबको आयोजना तथा माउण्ट एभरेस्ट इभेन्ट मेनेजमेन्टको ब्यवस्थापनमा मलेसियामा नेपालीहरको पहिलो ब्याटमिन्टन टुर्नामेन्ट मे २९ तारीखमा केलाङमा सम्पन्न भएको छ ।

मलेसियामा रहेका नेपालीहरुको शारिरीक तथा मानसिक स्वस्थ्य प्रबर्द्धन तथा आकस्मिक मृत्यु जस्ता स्वास्थ्य समस्याको न्युनिकरणको लागि शारिरीक ब्यायम र कसरतको लागि प्रेरित  गराउने उद्देश्यले टुर्नामेन्ट आयोजना भएको आयोजकले बताएको छ ।

उक्त टुर्नामेन्टमा प्रमुख अतिथि नेपाली दुतावास मलेसियाका द्वितीय सचिव प्रेम बहादुर बढथापा रहेका थिए । विशेष अतिथिमा गैरआवासीय नेपाली संघ मलेसियाका बरिस्ठ उपाध्यक्ष इन्द्र नारायण लिम्बु, इन्स्टापे टोक्नोलोजी मलेसियाका प्रमुख कार्यकारी अधिकारी रज्निश कुमार रहेका थिए । त्यस्तै, अतिथिहरुमा गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य हरि भट्टराई, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राई, ब्यवासायी योगेन्द्र कुवर, गोरख खवास, रोमी राई, सुदुरपश्चिमेली नेपाली समाजका उपाध्यक्ष राम साउद, कराते संघ मलेसियाका अध्यक्ष दुर्गा  लिम्बू रहेका थिए ।

मलेसियाको बिभिन्न ठाउबाट आठ टिम सहभागिरहेको टुर्नामेन्ट दुई समुहबाट लिग चरण विजेता र उपविजेता सेमिफाइनल खेल खेलेको थियो । ए समूह बिजेता रोम मगर र गगन कटुवाल साथै उपविजेता केवल राई र दिनेश लिम्बु यस्तै बि समूह विजेता तुलाराम धामी र खिम परियार साथै उपविजेता गणेश गुरुङ र कृष्ण आंदाम्बे भएकन थिए ।

सेमिफाइनल खेलमा रोम मगर र गगन कटुवाल साथै तुलाराम धामी र खिम परियार विजेता भइ फाईनल प्रवेश गरेका थिए  । फाईनल खेलमा भने तुलाराम धामि र खिम परियारले रोम मगर र गगन कटुवाल बिरुद्ध जित निकालेका थिए । टुर्नामेन्टको उपविजेता रोम मगर र गगन कटुवाल, तेस्रो गणेश गुरुङ र कृष्ण आंदाम्बे साथै केवल राई र दिनेश लिम्बुको टिम चौथो भएको थियो ।

विजेतालाई नगद पुरस्कार १ हजार ५०० रिंगेट, च्याम्पियन ट्रफि, ब्याटमिन्टन रेकेट, मेडल कार्यक्रमको प्रमुख अतिथि र विषेश अतिथिले प्रदान गरेकन थिए । उपविजेताले  १००० रिंगेट, मेडल, ब्याटमिन्टन रेकेट र तेस्रो नगत पुरस्कार ५०० रिंगेट, मेडल, रेकेट साथै चौथो नगद पुरस्कार २०० रिंगेट र मेडल प्रप्त गरेकन थिए ।

टुर्नामेनटको पुरस्कार वितरण कार्यक्रममा  प्रमुख अतिथि प्रेम बहादिर बढथापा, विशेष अतिथि इन्द्रनाराणय लिम्बु, रज्निश कुमार र अतिथि बिपिन राई, हरि भट्टराई र योगेन्द्र कुवरले मन्तव्यसमेत  राखेका थिए ।

यस टुर्नामेन्टको टाइटल स्पोन्सर इन्स्टापे टेक्नोलोजी, पावर स्पोन्स गैरआवासीय नेपाली संघ मलेसिया,  प्रवासि नेपाली समन्वय समिति (पिएनसीसी) र नोर्थ साउथ इनिसियटिभ, फुड स्पोन्सर वरपिपल चौतारी रेष्टुरेन्ट रहेकन थिए ।  सहयोगी र सहभागीलाई आयोजक समितिका संयोजक ईश्वर राईले धन्यबाद ज्ञापनसमेत गरेका थिए ।