वैदेशिक रोजगार मञ्च लाहाचोकको कृति लोकार्पण तथा ज्येष्ठ नागरिक सम्मान

everest kitchen

पोखरा । वैदेशिक रोजगार मञ्च लाहाचोकको आयोजनामा लाहाचोक एक : विविधता अनेक कृति लोकार्पण, ज्येष्ठ नागरिक तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कृति लोकार्पण तथा सामाजिक व्यक्तित्व सम्मान गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेश सभा सदस्य डा. पुष्पा केसी भण्डारीले लाहाचोकको गौरव र गरिमालाई उचो बनाउन वैदेशिक रोजगार मञ्चले पु¥याएको योगदानको जति चर्चा गरे पनि कमै हुने बताए ।

विदेशमा बसेर पनि लाहाचोकलाई एउटा दस्तावेज बनाएर प्रकाशन गर्ने मात्र होइन, साक्षात् भगवान्रुपी आमाबुबालाई सम्मान गर्ने, जन्मभूमिको श्रीवृद्धिमा खट्नेप्रति सम्मान व्यक्त गरे । वर्तमान नवनिर्वाचित पालिका पदाधिकारीलाई बधाई ज्ञापन गर्दै अतिथि भण्डारीले राम्रा कामका लागि तेरो मेरो नभनेर एक भएर अगाडि बढ्नका लागि सुझाए ।

समारोहमा माछापुच्छे« गाउँपालिका प्रमुख मीनबहादुर गुरुङ, उपप्रमुख सीता अधिकारी, कार्यकारी अधिकृत विष्णु पोखरेल, लाहाचोकका निवर्तमान अध्यक्ष  पूर्णबहादुर शाही, वर्तमान वडाध्यक्ष मधुसुदन अधिकारी, लाहाचोक साहित्य सदनका अध्यक्ष लीलाधर अधिकारी, महेन्द्र माविका प्रधानाध्यापकलगायतले मन्तव्य राखेका थिए ।

कृतिको समीक्षा गर्दै असफल गौतमले सरकारले गर्नुपर्ने काम वैदेशिक रोजगारमा रहेका युवाहरुबाट हुनु स्तुत्य रहेको बताए । उनले लाहाचोकका विविधता र मञ्चको गतिविधिको ऐतिहासिक दस्तावेजका रुपमा कृति रहेको उल्लेख गरे ।

समारोहमा पालिका भरीबाट सामाजिक क्षेत्रमा स्तुत्य कार्य गरेका एक–एक जना ज्येष्ठ समाजसेवी १० र उदीयमान खेलाडी गरी ११ जनालाई नगदका सम्मान गरिएको थियो । यसका साथै, समारोहमा कार्यक्रम सफल पार्न र कृति प्रकाशनमा शुभकामना तथा व्यावसायिक सन्देश प्रदान गर्ने दातालाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो ।

मञ्चका सल्लाहकार राजेश घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेम ढकालको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको सञ्चालन विदुरचन्द्र ढकाल र राजेन्द्र गौतमले गरेका थिए । कार्यक्रम को सबै व्यवस्थापन संस्थाका अध्यक्ष राजु क्षत्री अपुरो चाँजो मिलाएका थिए भने स्वदेश बाट भुपेन्द्र सुनारले संयोजन गरेका थिए।