मृगौला पिडित उमादेवीलाई सहयोग रकम हस्तान्तरण

everest kitchen

काठमाडौं । माछापुच्छ्रे गाउँपालिका लाहाचोक कास्कीकी मृगौला पिडित उमादेवी अधिकारीको लागि सहयोग रकम हस्तान्तरण गर्ने कार्य जारी रहेको छ। यसै क्रममा लाहाचोक स्थित बित्तीय सँस्था सभ्य समता बचत तथा ॠण सहकारी सँस्थाले पनि रु ५५ हजार सङ्कलन गरि हस्तान्तरण गरेको छ।

जानकारी भए अनुसार दुवै मृगौला पिडित उमादेवी अधिकारीको उपचार का लागी सभ्य समता सहयोग राहत कोष मा संकलन भएको रु-५५०००/- संस्था का अध्यक्ष र सल्लाहकार द्वारा पिडित लाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

स्थानियबासी प्रेम ढकालको संयोजनमा संकलित गरिएको रकम बाट पिडितको छिट्टै मृगौला प्रत्यारोपण हुन लागेको जानकारी प्राप्त भएको छ। उनलाई विभिन्न व्यक्ती, संस्था आदि बाट आवश्यक रकम सङ्कलन भैसकेको प्रेम ढकालले बताए।