प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) १४ बर्षमा

everest kitchen

काठमाडौं । प्रवासी नेपाली  समन्वय समिति (पीएनसीसी) को १३ औं बर्ष पुरा गरी १४ वर्षमा प्रवेश गरेको छ । प्रवासमा रहेका नेपाली श्रमिकको हकहितको लागि स्थापना गरिएको संस्था २०६६ सालमा स्थापना भएको हो ।

वैदेशिक रोजगारमा संलग्नहरू सदस्य रहने गरी ” फर दी माईग्रेन्ट बाई दी माईग्रेन्ट ” भन्ने मुल मन्त्रका साथ प्रवासी नेपाली समन्वय समिति ( पीएनसीसी) गैर सरकारी सामाजिक संस्थाको रूपमा स्थापित भएको संस्थाले जनाएको छ । यस दौरानमा राष्ट्रिय , क्षेत्रिय र अन्तराष्ट्रिय स्तरमा संस्थाले श्रमिकका विविध पक्षहरूलाई संबोधन गर्ने प्रयास गरेको संस्थाले जनाएको छ ।

वैदेशिक रोजगारीको क्रममा विविध परिस्थितिमा समस्यामा परेका करिव २९ हजार भन्दा बढि आप्रवासी श्रमिक र उनीहरूका परिवारको विविध समस्याहरूको सहजिकरण गरेको संस्थाले उल्लेख गरेको छ ।

संस्थाले मलेसिया तथा खाडी लगायतका देशमा रहेका नेपाली श्रमिकका समस्या बारे बारे पैरवी, उद्धार, सहजिकरण गर्दै आएको छ ।