जिसस दैलेखमा प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

everest kitchen

दैलेख । जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा नेपाली कांग्रेसका बागी उम्मेदवार नमराज शाही विजयी भएका छन् । कांग्रेसका जिल्ला उपसभापतिसमेत रहेका शाहीलाई नेकपा एमालेले निर्वाचनमा सघाएको हो ।

शाहीले १३ मत ल्याएर विजयी भएका हुन् । एमालेसँग दश मतमात्रै थियो । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी दुर्गा श्रेष्ठले जम्मा नौ मत पाएकी छन् ।

यस्तै, उपप्रमुखमा एमालेका केशवबहादुर शाही ११ मत ल्याएर विजयी भएका छन् भने उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत प्राप्त गरेकी छन् ।