लघुकथा “प्रकृतिको कहर“
राेशन पराजुली!
चैत महिना प्राय हुरि वतासले वितण्ड मच्चाउने दिन।
यसपाली त केहि क्षति भएन भन्या तर फुलेका आँपका फुल सवै सखाप। तर पनि मनमा केही थिएन ।केहि रहेका फुलहरुले पनि वगान सुन्दरै देखिदै थियाे।
म निर्धक्क र खुशि थिएँ।
केही वर्ष पछि जागिर रिटायर भएर शरीर कुज्याउनु थिएन मलाई। फुल संग खेल्नु थियो लटरम्म परेका फल सँग रमाउनु थियो । यस्तै विश्वासमा लागेर मन पनि प्रफुल्लै थियाे।
गाेजिभरि मनका पैसा बाेकेर केही बर्ष कुर्ने विचार मात्र के गरेथें। चैतकाे अन्त्य वैशाखका शुरुवाति दिनै देखि आँपहरु वाेटवाटै झर्न शुरु गर्दा मनमा अर्काे पीडा थपियाे ।
किन नहाेस पनि पीडा ,फलकाे आशले बिरुवा जगाउन पनि सास्ति उस्तै थियाे। मनका तराजुमा फेरि मनै तौलिदै गर्दा एकहुल आँधि कालाे मैला देखाउदै वगान तर्फ शुरियाे।
फेरि मनमा अर्का झड्का लाग्याे । अनि खु..इ.. ई . या गर्दै “” भन्दै टाउकामा हात राख्दै थुचुक्क भुईमा बस्नु सिवाय केही गर्न सकिनँ । तैपनि आशा र भरोषाको हिम्मत हारिनँ मैले।