राक्सपराङमा निति, कार्यक्रम तथा बजेट निर्माणको कामलाई तिव्रता

everest kitchen

मकवानपुर । राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक २०७९/८० को निति कार्यक्रम तथा बजेट निर्माणको कामलाई तिव्रता दिएको छ । गाउँपालिकाले गाउँपालिकाको आवश्यकता, परिस्थिति, सर्वपक्षीय सल्लाह सुझाव र बजेटका आनुमानित आकारको आधारमा निति तथा कार्यक्रम निर्माण गर्ने काम गरिरहेको छ ।

आइतबार गाउँपालिकाले निति कार्यक्रम तथा बजेटको बिषयमा सर्वपीक्षीय छलफल तथा अन्तरक्रिया गरेको छ । निति कार्यक्रम र बजेटमा सबै पक्षको भावना समेट्ने उद्देश्यले सबैको सहभागितामा कार्यक्रम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गतौलाले जानकारी दिए ।

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्त बहादुर प्रजाको प्रमुख अतिथ्यतामा तथा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । राज्यमन्त्री प्रजाले सिमान्तकृत चेपाङहरुको बसोबासको बहुल्यता रहेको यस गाउँपालिकामा विकास पूर्वाधार सँगै शिक्षा, स्वास्थ्य, खानेपानी र समग्र सामाजिक क्षेत्रहरुमा परिवर्तन हुनेगरि नीति कार्यक्रम बनाउन अनुरोध गरे। बागमती प्रदेश सरकारले राक्सिराङ गाउँपालिकालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरि बजेटसमेत व्यवस्था गर्ने तयारी भइरहेको उल्लेख गर्दै उहाँले यहाँका चेपाङ सहित तामाङ समूदायको जीवनस्तर सुधारको लागि निति तथा कार्यक्रम निर्माण गर्न आग्रह गरे ।

कार्यक्रममा बो्रल्ने वक्ताहरुले गाउँपालिकाको बिकास र सम्पन्नताका लागि अल्पकालीन तथा दिर्घकालीन योजना बनाई काम गर्नुपनेउ धाराणा राखेका थिए । उनीहरुले कृषि पशुपालन, उद्योग व्यवसाय, व्यापारिक केन्द्रको वृद्धि विकास गर्ने विषयहरु उठान गर्दै राक्सिराङको शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटनको क्षेत्रको विकासमा लाग्नका लागि आवश्यक नीति कार्यक्रम बनाउन सुझाव पेश गरेका थिए ।

त्यस्तै, कार्यक्रममा साना जल विद्युत आयोजनाको थप विकास गरिनुपर्ने, प्राकृतिक स्रोत साधनको प्रयोग गर्नुपर्ने, बाटो, नाला, पुल सहितका पूर्वाधार विकास मात्र नभई गाउँपालिकामा सुशासन कायम गर्न आग्रह गरिएको थियो । गाउँपालिका भित्र विभिन्न गैरसरकारी संस्था तथा विभिन्न सामाजिक संघरसंस्थाको सहकार्य गर्दै पालिकाभित्रका नागरिकलाई समृद्ध बनाउन सोही अनुरुपको नीति कार्यक्रम तथा बजेट बनाउनु पर्नेमा स्थानीय तथा सरोकारवालाहरुले अनुरोध गरेका छन् ।

कार्यक्रममा नेकपा एमाले जिल्ला उपाध्यक्ष लालबहादुर थापा, गाउँपालिका इन्चार्ज बाबुलाल स्याङतान, नेपाली कांग्रेस गाउँपालिका सभापति बिरेन्द्र जिम्बा, माओवादी केन्द्रका अध्यक्ष हस्तबहादुर मोक्तान, नेकपा एसका अध्यक्ष ज्ञानेन्द्र तामाङ लगायतले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रमलाई सम््रबोधन गर्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्ले आएका सल्लाह सुझावकै आधारमा गाउँपालिका निति तथा कार्यक्रम तयार हुने प्रतिबद्धता ब्यक्त गरे । गाउपालिका उपाध्यक्ष बनस्तम थिङले सबैले दलीय चस्मा खोलेर काम गर्नपर्ने धारण राखे ।

कार्यक्रममा पालिकाका वडा अध्यक्ष, राजनितिक दलका प्रतिनिधिहरु, शिक्षक, गैरसरकारी संस्थाका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, महिला तथा बालबालिका, र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।