पीएनसीसीद्धारा प्रवासी नेपाली लक्षित स्वास्थ्यसम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

everest kitchen
पीएनसीसीको लोगो/ प्रतीकात्मक तस्बिर

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) द्वारा आगामी अशाढ ३ गते अथार्त जुन १७ मा प्रवासी श्रमिक समस्या निदान बारे स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने भएको छ ।

प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी उनीहरूको स्वास्थ्य सम्बन्धी विभिन्न प्रकारका समस्याहरूको निदानमा आधारित भएर जनचेतनामुलक कार्यक्रम गरिने भएको हो ।

जनरल फिजिसियन विशेषज्ञद्वारा प्रवासमा रहेका नेपालीहरुको स्वास्थ्यसम्बन्धी समस्या समाधान तथा सचेतनाको लागि कार्यक्रम आयोजना गरिएको पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले जानकारी दिए । उनका अनुसार कार्यक्रम सहभागी हुन चाहानेले सजिलै जुमको भर्चुअलमाध्यमबाट कार्यक्रम सहभागी हुन सक्नेछन् ।

पीएनसीसीले यसअघि पनि निरन्तर रुपमा स्वास्थ्य सचेतनाको लागि प्रवासीसंग डाक्टर नामक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको थियो । सोही कार्यक्रमको निरन्तरता अनुरुप स्वास्थ्यसम्बन्धि जनचेतनामुलक कार्यक्रम आउँदो शुक्रबार हुने भएको हो । कार्यक्रममा जनरल फिजिसियनद्वारा स्वास्थ्य परामर्श तथा स्वास्थ्य समस्या बारे छलफल हुनेछ ।

कार्यक्रममा सहभागी हुनको लागी जुम आईडी 2897414063 र पासवर्ड pncc प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ। कार्यक्रम नेपाली समयाअनुसार बेलुका ७ बजेर ३० मिनेटमा सञ्चालन हुनेछ । कार्यक्रमलाई पिएनसीसीको आधिकारिक फेसबुक पेज, हिमालयन दृष्टि र हिमालटाईम्स डटकमको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिने भएको छ।