मकवानपुरको बकैया गाउँपालिका-८ मा जनप्रतिनिधिबीच बिवाद

everest kitchen

अमिर लोप्चन
हेटौंडा । मकवानपुर जिल्लाको पुर्वी बकैया गाउँपालिका वडा नम्बर-८ मा वडाका जनप्रतिनिधिबीच बिवाद भएको छ । अध्यक्ष विष्णु नेगि र वडा सदस्य संजय कुमार लोप्चनबीच विवाद भएको हो।

प्रधानमन्त्री रोजगार कोषबाट आएको बजेटको काम सुरु भए पनि बकैय-८ भित्रका केही साविक वडाहरुमा बजेट नपुगेपछि उपभोक्तहरुले वडासदस्य संजय मार्फत बुज्न खोजेको र स्वयं संजय कुमार लोप्चनलाई पनि उक्त बजेट बारे जानकारी नभएपछि सदस्य संजयले वडाअध्यक्ष नेगीलाई सोध्न खोजेपछि विवाद सुरु भएको बताएको छ ।

सदस्य संजयका अनुसार उपभोक्तताको चासो अनुरुप अध्यक्ष संग फोन गरेर बुझ्न खोज्दा अध्यक्ष विष्णु नेगिले तपाईले खोजेको के ? तपाईले निउ खोजेको हो? भन्ने धम्कि पुर्बक व्यवहार गरेका हुन ।

उक्त विवादको फोन संवाद समेत रेकर्ड गरेर राखेको र सो-सम्बन्धमा पाँच जना जनप्रतिनिधि, गाउँका समाजसेबी, बुद्धिजीवी र उपभोक्तहरुको उपस्थितिमा छलफल समेत गरेको सदस्य संजयले बताए ।

वडासदस्य संजयले अबको दिनमा जुन सुकै योजनाको काम हुदा आफुलाई पनि जानकारी हुनुपर्ने माग राखेको र साथै आम उपभोक्तहरुले जनप्रतिनिधिलाई भ्रष्टाचार हुनबाट रोक्न खबरदारी गरिरहन स्थानीयलाई आग्रह गरेको सदस्य संजयले बताए ।

यस्तै, छलफलको क्रममा वडाअध्यक्ष नेगीले कतिपय अञ्जानमा केही कुराहरु विवादमा आउनु स्वभाविक रहेको र आगामी दिनमा मिलेर काम गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।

नेगी माओवादी केन्द्रबाट वडाअध्यक्षमा बिजयी भएका हुन भने संजय काङ्ग्रेसबाट वडासदस्यमा विजयी भएका हुन ।